काठमाडौं,२८बैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोना भाइरस (कोभिड–१९) महामारीको जटिल अवस्थामा पुगेको बताएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।
‘विगत एक वर्षदेखि कोभिडको सामना गरेका छौँ’, स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘तर, आज हामी विश्व समुदायसँगै जटिल अवस्थामा पुगेका छौँ ।’ कोरोनाको नयाँ स्वरुपका कारण अक्सिजनको माग बढेको र त्यो आधारमा पूर्ति हुन नसक्दा बिरामीले पीडा भोग्नु परेको उनको भनाइ छ ।
मन्त्री त्रिपाठीले कोरोना खोपमा अनयिमितता नभएको दाबी गरे । त्रिपाठीले खोप आयातमा सरकारले एक पैसा पनि कसैलाई कमिसन नदिएको बताए । मन्त्री त्रिपाठीले भने, बोल्न त बोल्नुस्, बुझेर मात्र बोल्नुस् । अनर्गल, झुटा अफवाह र आत्मरतीका लागि नबोल्नुस् ।’
कमिसनका कारण ५० लाख डोज खोप आयात प्रभावति भएको खबरहरु सार्वजनिक भएपछि भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपालले वक्तव्य निकालेका थिए ।
नेताहरुलाई बुझेर मात्र बोल्न चेतावनी दिदै भन्त्री त्रिपाठीले भने भारतको सेरम इस्न्टच्यिुटबाट ५० लाख डोज खोप कनि खरदि हुन सकेन भन्ने चाहीँ खुलाएनन् ।
उनका अनुसार सेरमसँग नेपालले खरीद गरीसकेको १० लाख डोज खोप कहिले आउँछ भन्ने टुंगो छैन । कम्पनीमा भएको आगलागी, भारतमा महामारी फैलिएपछि खोप निर्यातमा रोक लगाउँदा खोप आउन ढिला भएको भन्दै उनले भने, एउटा कम्पनीलाई २० प्रतिशत निर्यातका लागि अनुमति दिइसकेको छ । सेरमले पनि अनुमति पाउनासाथ पहिलो देशका रुपमा नेपालमा खोप आउँछ भन्ने विश्वासमा छौं ।’