सन्तोष रोकाया फागुन २१,धनगढी/ धनगढी उपमहानगरपालिकाको फूलवारी क्षेत्रमा पर्ने हुलाकी सडकमा दिनहुँ सवारी साधन दुर्घटना बढ्दै गएको छ । कैलाली जिल्लाको सत्ति देखि भजनी–धनगढी सम्म पर्ने करिब ६१.२ किलोमिटर दुरीमा पर्ने उक्त हुलाकी सडकमा दैनिक सवारी दुर्घटना बढ्दै गएको हो । बहुलिया सिमा प्रहरी चौकी फूलवारीको तथ्याड्ढ अनुसार चालु आर्थिक वर्षको माघ महिनामा मात्रै फूलवारी क्षेत्रमा २६ वटा सवारी साधन दुर्घटना भएका छन् । त्यस्तै फागुन महिनामा दुर्घटनामा परेर १ जनाको मृत्यु भईसकेको छ भने ७ वटा सामान्य दुर्घटना भईसकेका छन् तर सवारी साधन दुर्घटनालाई न्युन गर्ने जिम्मेवार पक्षहरु नै एक अर्कालाई दोषारोपण गर्दै उम्किन खोजि रहेका छन् । करिब ६१.२ किलोमिटर दुरी रहेको हुलाकी सडकको चौडाई साँघुरो तर सडकमा बढि गाडी गुड्ने भएकोले पनि सडक दुर्घटना बढ्दै गएको स्थानिय माधव अधिकारीले बताए । उनले दैनिक सडक दुर्घटना भईरहेने हुलाकी सडकको बारेमा सबैले हातेमालो गरेर स्तरोन्नती गर्नु पर्ने बताए । यस्तै, स्थानिय धर्मानन्द जोशीले रोड निर्माण भएको २÷३ वर्षमै रोडमा खाल्डाखुल्डी परेको र यसले पनि दुर्घटना बढ्दै गएके बताए । उनले कतिपय नागरिकहरु ट्राफिक संकेत बारे अनविज्ञ भएकोले पनि दुर्घटना बढेको बताए । बहुलिया सिमा प्रहरी चौकी फूलवारी केन्द्रका प्रमुख दौलत सिहं पुजाराले आम नागरिकमा ट्राफिक संकेत बारे चेतना नहुनु,नागरिकहरुले सवारी साधन र ट्राफिक सचेतना सम्बन्धि तालिम नलग्नु, नागरिकले सवारी साधन तिब्र गतिमा हाँक्नु लगायतका कारणले दुर्घटना बढ्दै गएको बताए । यता सर्बसाधारण नागरिकहरुले भने नागरिकहरुको दोष नभएर रोडको अवस्थालाई नियाल्न आग्रह गरेका छन् । हुलाकी सडक ठाउँ ठाउँमा खाल्डाखुल्डी सँगै कल्वडमा हालेका सरियाहरु पनि उप्किएका छन् । यो समस्यालाई समाधान गर्न आफु छिट्टै पहल चाल्ने धनगढी उपमहानगरपालिका १४ का वडा अध्यक्ष रामबजारी चौधरीले बताए । सडक संग हरेक व्यक्तिको जिवन जोडिएको छ । त्यसैले यो सम्वेदनशिल कार्यमा कसैले पनि एक अर्कालाई दोषारोपण गरेर उम्किन खोज्नुभन्दा समस्याको पहिचान गरी समाधान तर्फ लाग्न सबै फूलवारीवासीको आग्रह छ ।