धनगढी,२८मंसिर।कैलालीको धनगढी उप–महानगरपालिका–१६ भादावाट चोरी गरिएको सालको अबैध काठ बरामत गरिएको छ ।भारताल साझेदारी वन उपभोक्ता समुहवाट चोरी भएको ५० क्युबफिट भन्दा बढी काठ बरामत गरिएको हो । चोरी गरी घरमा लुकाई छिपाई गरेकोे अबस्थामा भारताल साझेदारी वन उपभोक्ता समुह र सव डिभिजन वन कार्यलय फूलवारीको संयुक्त गस्तीटोलीले उक्त काठ भादागाँउवाट बरामत गरेको हो ।
चोरीमा संलग्नको पहिचान भईसकेको र खोजी कार्य जारी रहेको भारताल साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष यादब भण्डारीले जानकारी दिएका छन् । यसअघि पनि संयुक्त टोलीले ७० क्युबफीट भन्दा बढी सालको अबैध काठ बरामत गरेको समेत अध्यक्ष भण्डारीले बताए ।