कैलाली,२९मंसिर।कैलालीको धनगढी उपमहानगरपालिका १४ फूलवारीका दुई महिलाले दुनाटपरी उद्योग सञ्चालन गरी राम्रो आम्दानी गर्न थालेका छन् । स्थानिय दुई जना महिलाले छुट्टा छुट्टै लगानीमा उद्योग संचालन गरका हुन् ।धेरै लगानी पनि नलाग्ने आयआर्जन गर्न पनि अरुको भर पर्नु नपर्ने , र कच्चा पदार्थमा रुपमा जंगलमा जती पनि सहजै पाईने सालका पातका दुनाटरी बनाउने उद्योगले राम्रो आम्दानी दिन थाले पछि उनीहरुको जीवनशैलीमा मजाको परिवर्तन आएको छ ।
झण्डै २ लाख लगानीमा ३ वर्ष पहिला समुह बनाएर उद्योग संचालन गरेका भए पनि आहिले आएर सरिता बुढामगर र भावना पुलामी मगरले छुट्टा छुट्टै लगानीमा सालका पातहरुको दुनाटपरी बनाउने उद्योग संचालन गरिरहेका छन् । भावनले सानीडाडाँ फूलवारी दुनाटपरी र रिताले फूलवारी दुना टपरी उद्योगका नामले समान्य लगानीमा दुनाटपरी बनाउने मेसिन खरीद गरी व्यवसाय सुरु गरि रहेका छन् । उनिहरु उद्योगबाट अहिले आएर रार्मै आम्दानी गरिरहेका छन् । घर खर्च चलाउन उनिहरुलाई सहज भएको छ भने दिनप्रतिदिन आम्दानी बढेको छ । उद्योगको कमाईले वालवालिकाको पठनपाठन देखि लिएर घरपरिवारको सबै खर्च टारेका छन् । जसका कारण श्रीमानले कमाएको सबै पैसा जोगाएर घर तथा खेतवारी जोड्न सफल भएको उद्योगी भावना पुलामी मगरको भनाई छ ।
टपरीको साइजअनुसार ८० पैसा देखि ३ रुपयाँसम्म मुल्य पर्ने दुनाटपरीको लागि कच्चापदार्थ भने स्थानीयबाट खरिद गर्ने गरेको उद्योक संचलकहरुले बताएका छन् ।
अहिले उद्योगमा दैनिक एक हजार थान भन्दा बढी दुनाटपरी सम्म उत्पादन गर्न सक्ने क्षमता रहेको उनिहरुले बताएका छन् । उत्पादको बजारमा माग अत्याधिक रहेको र आपुर्ती गर्न भ्याइनभ्याई रहेको उनिहरु बताउछन् ।
प्रर्यावरणीय दृष्टिकोणले निकै फाइदाजनक मानिने दुनाटपरी माग बढ्दै गएको भए पनि यसको प्रवद्र्धनका लागि सरकार तथा सम्बन्धित निकायले कुनै चाँसो नदिएको मगरको भनाई छ ।
गाउँघर शहरमा बिवाह, भोजभतेर तथा ब्रतबन्धमा प्रयोग हुने दुनाटपरी कैलाली जिल्लाभरका स्थानीयहरुले प्रयोग गर्न थालेको छ ।कच्चापदार्थ बिक्रीबाट स्थानीयले प्रतिव्यक्ति ३ सयदेखि ५ सयसम्म आम्दानी लिने गर्छन् । फुर्सदको समयमा, गोठालो जाँदा अर्थात् घरमा बस्ने बुढापाकाहरुले पनि काम गरेर राम्रो आम्दानी लिइरहेको सञ्चालक पक्षको दाबी छ । प्रत्यक्ष अप्रत्यक्षरुमा दुबै जनाको उद्योगमा ४०– ४५ जना महिलाहरुले रोजगारी पाईरहेका छन् । यसरी गाँउघरमै फुर्सदको समयमा आय आर्जन गर्न पाएकोमा स्थायी महिलाहरु पनि खुसी देखिन्छन् । फुर्सदको बेला स्थानिय स्तरमा सालका पात टिप्ने र टपरी बनाउने काम पाए पछि आफुहरुलाई आयआर्जन गर्न सहज भएको स्थानिय मिना पुलामी मगरको भनाई छ ।
बिद्युत भोल्टेज कमहुँदा भने उनिहरुले केही समस्या ब्यहोरिहेको बताएका छन् सरकारलाई उनिहरुका अद्योगहरुलाई प्रर्बद्धन गर्ने कुनै योजना नल्याएको देख्दा उनिहरुलाई दुख लागेको छ । हरेदिन नेपालीहरु रोजगारी गर्न छिमेकी मुलक भारत जाने गरेका छन् तर ब्यबसाय गर्न कुनै ठुलै लगानी मात्र चाहिन्छ भन्नेहरुका लागि यी महिलाहरु उदाहरणिय बनेका छन् । यस्ता स–साना लगानीकर्ताहरुले गरेको ब्यबसायलाई पनि सरकारले प्रत्साहन गर्नु जरुरी छ ।