धनगढी, २७ मंसिर । कोरोना संक्रमण रोकथान र नियन्त्रणका लागि शनिवार धनगढी उप–महानगरपालिकाले महिला स्वास्थ्य स्वंसेविका र सरोकारवालाहरु संग अन्तरक्रिया गरेको छ ।
बेटर बल्र्ड, कोईका र होपब्रीजको सहयोगमा उप–महानगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उप–महानगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरु र धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधीहरु सहभागि रहेका थिए । कोरोनाको संक्रमणदर बढ्दै गैरहेकाले रोकथामका लागि सहयोग पुग्ने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने, महिला स्वास्थ्य स्वयम् सेविकाहरुले समुदायमा सचेतना फैलाउनमा सहयोग गर्ने आशा राखेका छौं । आईशोलेसनमा बसेका ब्यक्तिहरु सजक नहुदा परिवार र समुदायमा कोरोनाको संक्रमण बढेको नगरप्रमुख वडले बताए । उनले भने, त्यस कारण संक्रमितहरुलाई सुरक्षित घरमा बस्नका लागि सन्देश दिने काम महिला स्वास्थ्य स्वयम् सेविकाहरुले गर्न सक्दछन् । नगरप्रमुख वडले अप्ठेरो अवस्थामा उप–महानगरपालिकालाई सहयोग गर्ने होमत्र्ीज संस्थालाई धन्यवाद दिए ।
कार्यक्रममा धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बम, स्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्याय, बेटर बल्र्ड, कोईका र होपब्रीजका प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमको सहजीकरण होपब्रीज संस्थाका प्रदेश संयोजक महेन्द्र बमले गरेका थिए । संयोजक बमले धनगढी उप–महानगरपालिकामा काम गर्दा राम्रो वातावरण पाएको बताए ।