सामाजिक सुरक्षा भत्ता बितरण नगरिदा लक्षित बर्ग निरास

राधा फुलारा बैतडी, २७ पुस । बैतडीको शिवनाथ गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बितरण नगरिदा सो क्षेत्रका लक्षित बर्ग निरास भएका छन् । गाउँपालिकाको ढिला सुस्ती र रकम अपुग भएका कारण सुरक्षा भत्ता बितरण नहु“दा लक्षित बर्गहरु मारमा परेका हुन् । सामाजिक सुरक्षा भत्ता समयमै नपाउँदा आफूहरुलाई समस्या भएको स्थानीय बृद्धा बेलु धामीले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता बितरणका लागि करीब १ करोड रकमको आवश्यकता पर्ने भएपनि केन्द्रबाट ३२ लाख मात्रै निकासा भएकाले सामाजिक सुरक्षा भत्ता बितरणमा समस्या आएको गाउँपालिका प्रमुख कर्णसिंह साउदले बताउनुभयो । साथै सकेसम्मे चाँडै सामाजिक सुरक्षा भत्ता बितरणका लागि आवश्यक पहल चालिने उहाँको भनाई छ ।