धनगढी,०३ असोज। इण्डियन प्रिमियर लिग (आइपीएल) आज देखी सुरु हुँदैछ । युएईको अबुधाबीमा साविक विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नाई सुपर किङ्स बिच पहिलो उद्घाटन खेल हुने छ ।
यो खेल नेपाली समय अनुसार आज राति पौने ८ बजे सुरु हुनेछ । नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र किंग्स इलेभन पञ्चावबीचको खेल भोली राति पौने आठ बजे हुनेछ ।
कोरोना महामारीका कारण उत्पन्न परिस्थितिमा स्वास्थ्यप्रति उच्च सुरक्षा सतर्कता अपनाउँदै आएपीएलका खेल सञ्चालन हुँदै छन्।