धनगढी, २९ भदौ।धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले शुक्रवार धनगढीको दिनेश एफएमको कार्यालयमै प्रवेश गरेर पत्रकारहरु माथी गरिएको आक्रमणको घटना दुःखद भएको बताएका छन् ।
दिनेश एफएममै पुगेर नगरप्रमुख वडले घटनाको निन्दा तथा भत्र्सना गरेका हुन । समाचारमा चित्त नबुझेमा कानुनी उपचार खोज्ने थुप्रै बाटो हुदाहुदै पनि मिडिया हाउसमै पुगेर घटना घटाईनु कदापी राम्रो होईन नगरप्रमुख वडले भने, दोषी उम्कीनु हुदैन ।
दिनेश खवरका प्रवन्धक अनिता कुँवरलाई भेटेर दोषीलाई दोषीलाई कानुनी दायरामा ल्याउन आफुले स्थानीय प्रशासनलाई आफुले दवाव दिइएको नगरप्रमुख वडले बताए । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका पक्षमा आफु सधै रहने नगरप्रमुख वडले बताए ।