एकेन्द्र चन्द
डोटी२१ भदौ /कोरोना संक्र्मणको जोखिम बढन थालेपछि पुन निषेधाज्ञा एक हप्ताको लागि थप गरिएको छ भदौ १४ गतेदेखि २१ गतेसम्म सात दिनका लागि गरिएको निषेधाज्ञा आज राती १२ बजे सकिदै छ जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले निषेधाज्ञा २१ गते राती १२ बजे देखि २८ गते राती १२ बजे सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ सो बमोजिम निषेधाज्ञा लागू गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सेवा ठप्प रहने जनाएको छ । सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । त्यसै अनुरुप जिल्लाभित्र कोभिड १९ को बढ्दो स्थितिलाई मध्यनजर गरी संक्रमण फैलिन नदिन रोकथाप, नियन्त्रण तथा उपचार सम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरेको हो ।
प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईद्वारा जारी आदेशमा अत्यावश्य सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग ब्यापार, ब्यवसाय, यातायात बन्द गर्न भनिएको छ ।
प्रशासनले निषेधाज्ञाका समयमा औषधि खाध्यवस्तु अन्य अत्यावश्यक उपभोग्यवस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरवाहिर निस्कन नपाउने जनाएको छ । अत्यावश्यक कामका लागि घरवाहिर निस्किनै पर्ने अवस्थामा अनिवार्य मास्क सेनेटाइजर प्रयोग गर्नु पर्ने र तोकिएको न्यूनतम भौतिक सामाजिक दुरी कायम गर्नु पर्ने छ । दैनिक उपभोग्यवस्तुहरु खाद्यान्न, मासु पसल, डेरी, तरकारी फलफुल पसलहरु विहान ६ बजे देखि १० बजे सम्म दैनिक ४ घण्टा मात्रै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै भौतिक दुरी कायमगरी सञ्चालन हुने छन् ।
यस क्रममा जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका साधनमा समेत रोक लगाइएको छ । जिल्लामा मेला, पर्व, जात्रा, आमभेला, सभा सम्मेलन भेलामा समेत रोक लगाईएको छ ।
प्रशासनले निषेधाज्ञाको उल्लंघन गर्ने उपर रोग संक्रमक ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही अगाडी बढाइने जनाएको छ । जारी आदेशमा जिल्लामा अत्यावस्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मुल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ ।