अछाम,२२भदौ। अछामको ढकारी गाउँपालिका वडा नम्बर ८ ले व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सुरु गरेको छ । वडा नम्बर ८ कि स्थानीय बालिका ज्योती देबकोटाको जन्मदर्ता र पदम बिकको सम्पत्ति कर विधिवत ढंगबाट अनलाइन मार्फत दर्ता गरि घटना दर्ता तथा कर संंकलन प्रणालिकोो विधिवत ढंगबाट उद्घाटन गरिएको हो ।
यस प्रणालीको प्रयोगबाट स्थानीय निकायहरुले परम्परागत रुपमा गर्दै आएको व्यक्तिगत घटना दर्ता गर्ने कार्यहरु व्यवस्थापन गर्न सहज पुर्याउने र अनलाईन प्रविधिबाट व्यक्तिगत घटना दर्ता एवं सामाजिक सुरक्षाको कार्य गर्दा छिटो, छरितो ,पारदर्शी र प्रभावकारी हुने, घटना दर्ता दोहोरीन नदिन सजिलो गरि सूचना थाहा पाउने, लाभग्राही तथा सेवा ग्राहीको विवरण खोजेको वेलामा सजिलै पाउन सकिने कार्यमा सहजता हुने ढकारी गाउँपालिकाका सूचना अधिकारी बिक्रम बोहराले बताए । घटना दर्ता घरबाट अनलाइन फारम भरेर वडा कार्यालयमा गइ टोकन नम्बर दिएर छिटो र छरितो तरिकाले काम गर्न सकिने बोहराले बताए ।
ढकारी गाउँपालिकाले पालिकामै सर्भर स्थापना गरि अनलाइन प्रणालीबाट वडा कार्यालयमा उठाउने सम्पत्ति तथा अन्य राजस्वहरु को प्रणाली पालिकाको सर्भरमा राखि पालिका र वडा कार्यालयमा इन्ट्रानेट बाट सजिलैै रुुपमा प्रणाली चलाउन मिल्नेे बताय । साथै यो हप्ता भित्र पालिकाका सबै वडाहरुमा अनलाइन प्रणालीबाट घटना दर्ता, सम्पत्ति कर तथा अन्य राजस्व उठाउने काम हुुने बताए।
साथै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता गर्दा आउने गुनासोहरुको तत्काल सम्बोधन गर्ने उदेश्यले वडा नम्बर ८ का अध्यक्ष लालबहादुर भण्डारीको अध्यक्षतामा ३ सदस्यीय गुनासो सुनुवाइ समिति समेत गठन गरिएको छ । जसको सदस्यमा दलित महिला सदस्य अस्मिता बिक र सदस्य सचिवमा वडा सचिव राजेश्वरि तिमिल्सैना रहेकिछन । सामाजीक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना संचालन निर्देशिका,२०७४ (दोस्रो संसोधन २०७६) बमोजिम वडा कार्यालयमा गुनासो सुनवाइ समिति गठन गरिएको हो । गुनासो आएको तीन दिन भित्र सुनुवाइ हुनु पर्ने छ, वडामा आएको गुनासो वडाबाट सुनुवाइ हुन नसक्नेे प्रकृतिको भएमा गाउँपालिका र गाउँपालिकामा पनि सुनुवाइ गर्न नसकिनेे भएमा यथा शिघ्र बिभागमा फरवार्ड गरि गुनासो सम्बोधन गर्ने प्रावधान छ ।
भाद्र ७ देखि १६ सम्म ढकारी गाउँपालिकाले गाउँपालिकाका प्रमुख प्रशासकीय टेकबहादुर वलिको अध्यक्षतामा घटना दर्ता ,सामाजिक सुरक्षा, सम्पत्ति कर ब्यवस्थापन सूचना प्रणाली सम्बन्धि तालिम समेत संचालन गरेको थियोे । उक्त तालिम सम्पुर्ण वडा सचिव हरुको सहभागिता थियो । अहिले सोही अनुसार वडा कार्यालयमा अनलाइन प्रणाली बाट घटनाहरु दर्ता गर्न सजिलो भएको वडा सचिवहरुले बताए । सो तालिमका प्रमुख प्रशिक्षक सूचना प्रविधि अधिकृत बिक्रम बोहरा र सहायक प्रशिक्षक ढकारी गाउँपालिका एम.आइ.एस अपरेटर गोकुल कुवर रहेका थिए ।