धनगढी १७ भदौ।नेपाल आयल निगमले निषेधाज्ञाको समयमा पेट्रोलको मूल्यमा २ रुपैयाँ बढाएको छ ।मंगलबार मध्यरातपछि लागू हुने गरी मूल्य बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १ सय ७ रुपैयाँ पुगेको छ ।निगमले डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन । यसअघि गत चैतमा प्रति लिटर १३ रूपैयाँसम्म नाफा भएको थियो तर नाफा हुँदापनि निगमले उपभोक्ताका लागि मूल्य घटाएको थिएन । तर, यसपटक भारतमा मूल्य बढेसँगै निगमले मूल्य बढाउने निर्णय गरेको हो ।