सुुकुमबासी समस्या समाधान गर्छु ः डा. आरजु

मंसिर १०, धनगढी निर्वाचन क्षेत्र नं.–५ कैलालीकी उमेदवार डा. आरजु राणा देउवाले सुकुमबासीको समस्या समाधान गर्ने बताइएकी छन् । नेपाली कांग्रेस कैलालीले आयोजना गरेको धनगढी उपमहानगरपालिका.– १४ को चुनावी सभामा बोल्दै उनले सो कुरा बताएकी हुन् । यस क्षेत्रमा अधिकांश जनताहरु एलानी जग्गामा बसेको केही जनताहरुले चलन भोग आपूmले गरेपनि लालपुर्जा अर्काकै नाममा भएको लगाएतका जग्गा सम्बन्धी समस्या आपूmले राम्ररी बुझेकोले यस क्षेत्रमा भएका जग्गा सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने बताइएकी हुन । चुनावी सभामा बोल्दै देउवाले यस क्षेत्रमा मोहना र खुटिया नदीको कटानका कारण कयौँ बस्ती जोखिममा परेकोले नदी कटान नियन्त्रण गर्न आपूmले पहल गर्ने समेत स्पष्ट पारेकी छिन् । यस्तै देउवाले कैलालीको धनगढी उप–महानगरपालिका वडा नं.ः १४, एच गाउँमा रहेको बौद्ध गुम्बामा बौद्ध पराम्परा अनुसार पुजापाठ समेत गरेकी छिन् । स्थानिय गुम्बाका लामाहरुले देशमा शान्ति सुु–व्यवस्था कायम गर्न र डा. राणालाई निर्वाचनमा जित हासिल गराउन बौद्ध पराम्परा अनुसार पुजापाठ गरेको बताएका छन् । यस्तै सोही चुनावी सभामा बोल्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. ५ (क) की प्रदेश सभाकी उमेदवार जीवन रानाले आदिवासी जानजाती तथा अन्य उत्पीडित समुदायको उत्थानकोलागि आफुले निरन्तर प्रयास गर्ने बताएकी छिन् । थारु समुदायमा विगत लामो समयदेखि थारु समुुदायमा चलनचल्तीमा रहेको प्रथाजन्य कानुनलाई सरकारी स्थरबाटै स्थापना गर्न आप्mनो पहल हुने बताए कि छिन् ।