अन्तर क्लब युवा समन्वय समितीको अध्यक्षमा ओझा

पाण्डव पुजारा, मंसिर ९, धनगढी/ धनगढी उपमहानगरपालिका भित्र रहेका विभिन्न क्लबहरुलाई जोड्दै युवा शान्ती परिषद धनगढीले शनिबार अन्तर क्लब युवा समन्वय समितीको गठन गरेको छ । एक कार्यक्रमका बिच मोहनराज ओझाको अध्यक्षतामा गठन गरिएको समितीको उपाध्यक्षमा कुमार शाही, सचिवमा कमल पनेरु, सहसचिवमा अम्मर गीरी र कोषाध्यक्षमा सिर्जना मगराती रहेका छन् । समितीको सल्लाहकारमा मोहीत शाह, चिरन्जीबी आचार्य, महेश गोले, चेतराज अवस्थी रहेका छन् भने समितीको सदस्यमा धनगढी उपमहानगरपालिकाका विभिन्न क्लबहरुका अध्यक्षहरु रहेका छन् । युवा शान्ती परिषदले सामुदायिक सद्भाव प्रवद्र्धनमा युवाहरुको सकारात्मक संलग्नता परियोजना अन्र्तगत गठन भएको समितीले धनगढीमा भएका विभिन्न सामाजिक समस्याको अन्त्य गर्ने युवा शान्ती परिषद धनगढीका अध्यक्ष प्रेम ढुंगानाले बताए । शान्ती र सम्बृद्धीका लागी युवा नारा संगै समाजका बिकृती र विसंगतीलाई हटाउनु मुल उदेश्य रहेको अध्यक्ष ढुंगानाले बताए ।