धनगढी, ७ भदौ।बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट भएको छ। महोत्तरीको सम्सी गाउँपालिका–७ जावद टोलकी ४५ वर्षीया पवनदेवी यादव बोक्सीको आरोपमा कुटिएकी हुन्।
उनलाई स्थानीय दिनेश यादव लगायत उसको छोराहरु कृष्ण यादव, आशिक यादव, आमा सुजियादेवीले गत शुक्रबार बोक्सी भन्दै कुटपिट गरेका हुन्। निर्यात कुटपिट पछि गम्भीर घाइते यादवलाई जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचार भईरहेको पीडितको छोरा संजय यादवले जानकारी दिए।संजयका अनुसार शुक्रबार बेलुका एक्कासी दिनेश यादवको परिवारहरुले मेरो आमामाथि बोक्सीको आरोप लगाउँदै गालीगलौज गरेको र म त्यो बेला घर भन्दा बाहिर थिए।
लगत्तै म घरमा पुग्दा झगडा भई रहेको थियो। सो समयमा मैले प्रहरीलाई खबर गरेपछि सम्सी प्रहरी चौकीका सई दिपेन्द्र यादवको कमाण्डमा खटिएको प्रहरी टोली घटना स्थलमा पुगेर झगडालाई सामान्य बनाएर फर्के। त्यस पश्चात पुनः तिनीहरु घरमा राती ११–१२ बजे तिर घरमा आएर गालीगलौज गर्दै कुटपिट गरेका थिए। सम्सी प्रहरी चौकीले दोषी कृष्ण यादवलाई पक्राउ गरे पनि प्रहरीमा उजुरी नपरेको हुनाले अनुसन्धान बिना नै हिरासतबाट छोड्नु बाध्य भएका चौकीका प्रहरी निरीक्षक दिपेन्द्र यादवले जानकारी दिए।
पीडितको तर्फबाट हालसम्म प्रहरीमा जाहेरी नआउँदा कानुनी कारवाही प्रक्रिया अगाडि बढन नसकेको महोत्तरीका एसपी टिका केसीले जानकारी दिए ।