धनगढी, ११ साउन
कैलालीमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । सरकारको महत्वकांक्षी योजनाका रुपमा हेरिएको, स्वास्थ्य बीमा कैलाली जिल्लामा अस्पताल र स्वास्थ्य चौकीको बदमासीका कारण कार्यक्रम प्रभावकारी बन्न नसकेको हो ।
कार्यक्रम प्रभावकारी बन्न नसकेपछि स्वास्थ्य बिमा गरेका बिमीतहरु निशुल्क औषधी पाउनबाट बञ्चीत भएका छन् । बार्षीक २ हजार ५ सय प्रीमियम तिरेर ५० हजार सम्मको स्वास्थ्य सेवा पाउनपर्ने भएपनि निजी मेडीकलमा गएर औसधी किन्नु पर्ने बाध्यता भएपछि स्वास्थ्य विमा प्रति जनताको आकर्षण घट्न थालेको हो ।
२०७२ साल चैत्र २५ गते देशभरीमा पहिलो पटक कैलाली जिल्लाबाट स्वास्थ्य विमा सुरु गरीदा सरकारी अस्पतालको सेवाबाट सन्तुष्ट हुन नसकेका जनताले स्वास्थ्य बिमापछि पनि गुणस्तरीय सेवा पाईनेमा आसा गरेका थिए ।
अहिले जिल्लामा स्वास्थ्य वीमा सुरु भएको डेढ बर्ष पुग्नै लाग्दा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिती कैलालीले सम्झौता गरेका स्वास्थ्य सस्थाहरुकै फार्मेसीमा औसधी नपाएपछि बिमीतहरु निजी मेडीकल धाउन बाध्य भएका छन् ।सेती अञ्चल अस्पतालमा जेठ ३ गते देखी फार्मेसी सञ्चालनमा आएपछि सहज रुपमा औसधी पाईएला भन्ने आशा गरेका स्वास्थ्य विमाका विमीतहरुले झनै समस्या झेल्नु परेको छ ।