धनगढी,२६साउन।सुदूरपश्चिमा भारी बर्षा भईरहेको छ । बाढी पहिरोको जोखीम वढेकोले सर्तकर्ता अपनाउन आग्रह गरिएको छ । मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ रहेकाले आउँदो तीन दिनसम्म देशभर वर्षाको सम्भावना रहेको छ ।
अधिकांश भूभागमा गएराति देखि नै अविरल वर्षा भइरहेको छ । यो क्रम मंगलबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पूर्णतया बदली रही देशका अधिकांश भागमा मेघगर्जन सहित हल्का तथा मध्यम वर्षा हुनेछ । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चि सहित केही स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने देखिएकोले सो स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । धनगढीका अधिकांश भु-भाग जलमग्न
गएरातीदेखि आएको लगातार बर्षापछि धनगढी बजार क्षेत्र जलमग्न भएको छ। धनगढीका केही भागमा डुबान समेत भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को बिशालनगर, चटकपुर, बोराडाँडी लगायतका क्षेत्रमा डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए। उनले लगातार पानी परिरहेको भएपनि ठुलो पानी नपरेकाले धेरै क्षती नपुगेको बताए। उनले अहिले विवरण संकलनको काम समेत भईरहेको बताए।