बझाङ्ग–कैलाली सम्पर्क एकता मञ्च गठन

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत बझाङ्गी बिद्यार्थीहरुको साझा सँगठन बझाङ्ग–कैलाली सम्पर्क एकता मञ्चको शनिवार एक औपचारिक कार्यक्रम बिच नयाँ कार्यसमिती गठन भएको छ । कैलाली बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा पुर्व कार्यसमितीलाई बिघटन गरी १५ सदस्यिय नयाँ कार्य समिती चयन भएको हो । एकता मञ्चका पुर्व अध्यक्ष पवन तिरुवाको सभापतित्वमा भएको कार्यक्रममा सुर्मादेवी समाजका अध्यक्ष दिल बहादुर खाती प्रमुख अतिथी रहनु भएको थियो भने स्वतन्त्र बिद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसका सचिव कृष्ण बहादुर रोकाया र एकता मञ्चका पुुर्व अध्यक्ष अशोक उपाध्याय बिशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा चेतराज थापाले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथी लगायत थुप्रै व्यक्तित्वहरुले मन्तब्य राख्नु भएको थियो । नयाँकार्य समितीको अध्यक्षतामा रमेश बोहरा,उपाध्यक्षमा चित्रराज चण्डारी,कोषाध्यक्षमा गायत्री भण्डारी भने सचिवमा सन्तोष रोकाया चयन भएका छन् । यस्तै सदस्यहरुमा गणेश जोशी,सँगिता बुढा,बेद प्रकाश जोशी,नरेश पार्की,नरेन्द्र रेग्मी,दिनेश जोशी,गजेन्द्र सुनार,लक्ष्मण महत,समिर जोशी र धन बहादुर बोहरा रहेका छन् भने कार्यक्रमको सञ्चालन सन्तोष रोकायाले गर्नु भएको थियो ।