धनगढी,,८साउन।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ७ को कार्यालयमा आगजनी गरिएको छ। अज्ञात समूहले बुधबार राति वडा कार्यालयमा आगजनी गरेको हो। वडा सचिव महेश भट्टका अनुसार झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको हो।
कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको उनले बताए। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारी प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए।