३८ औं बिपी स्मृती दिवसको अवसरमा सरसफाई कार्यक्रम

धनगढी,५ साउन।महामानव विपी कोईरालाको ३८ औं स्मृती दिवसको अवसरमा नेपाल दलित विद्यार्थी संघ कैलालीले धनगढीमा बजार सरसफाई कार्यक्रमको आयोजना ग¥यो ।
सरसफाई धनगढीको बनदेवी मन्दिर, पार्क मोड , मार्क स्टल, एलएन चौक सम्म गरिएको थियो । दलित विद्यार्थी संघ कैलालीले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा सांसद टेकबहादुर रैका, अम्बीका थापा, नेपाली कांग्रेस कैलालीका उप–सभापती प्रकाश बम, धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट, नेपाली कांग्रेस कैलालीका नेता नारायण भट्ट, महिला संघका जिल्ला अध्यक्ष पुष्पा भट्ट लगायत थुप्रै नेता कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।
नेपाली कांग्रेस र उसका भातृ संगठन शुभेच्छुक संस्थाहरुले बिपी स्मृती दिवसमा देश ब्यापी रुपमा कार्यक्रम गर्ने गर्दछ ।