काठमाडौं,२साउन। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि (शनिबार) का लागि सचिवालय बैठक बोलाएको छ ।
स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर ४ गते पुर्याएको नेकपाले भोलि सचिवालय बैठक गर्न लागेको हो ।
आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच भएको भेटमा शनिबार सचिवालय बैठक बोलाउन सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बैठक शनिबार ३ बजे बालुवाटारमा बस्नेछ । दुई अध्यक्षकै सहमतिमा शुक्रवार बोलाइएको स्थायी कमिटी बैठक आइतबारका लागि सारिएको हो ।
नेकपाको सचिवालय बैठक पछिल्लो पटक गत असार ६ गते बसेको थियो । पार्टी सत्ताभित्र चरम विवादमा फसेको नेकपामा प्रधानमन्त्री ओलीलाई हटाउनेबारेमा विवाद छ ।