धनगढ़ी, २९ असार । कैलाली जिल्लाको चुरे गाउँपालिका वार्ड नं.१ घरखेडाको ठुलिखाली सामुदायिक बनमा अम्रिसोको विरुवाहरुको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
घरखेडाको ठुलिखाली सामुदायिक बनमा चार भागमा विभाजित क्षेत्रमा करिब चार हजार विरुवाहरुको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक बन र उपभोक्ताको समन्वयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
वृक्षारोपण कार्यक्रममा ठुलिखाली सामुदायिक बनका पदाधिकारी सदस्यहरु ,स्थानियबासीहरुको ठूलो सहभागीता रहेको थियो। कार्यक्रम सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रमेश प्रशाद कडेलको अध्यक्षता बाट सम्पन्न भएको हो ।
अध्यक्ष कडेलले वातावरण जोगाउन वन संरक्षण र वृक्षारोपण आवश्यक रहेको पनि बताएका छन् ।
सामुदायिक बनले आयोजना गरेको उक्त अम्रिसो खेति कार्यक्रममा १८० घर धुरी मध्ये करिब १५० घर धुरीका उपभोक्ताको उपस्थिति रहेको थियो । वर्षा याममा बाढी पहिरो जाने र उक्त बाझो खेतीलाई उचित ब्यबस्थापनको निम्ति सदुपयोग गरेको ठुली खालि सामुदायिक बनका कोषा-अध्यक्ष महाबिर सिंह ठगुन्ना ले जानकारी दिए ।
करिब ३५० हेक्टरमा गरिएको उक्त अम्रिसो खेतिमा चार हजार अम्रिसो लगाइएको हो ।