धनगढी, २८ असार। कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मछेली खोलामा जेसिवी प्रयोग गरेर धामधम कयौ टिप्पर र ट्रेक्टरहरु अन्धाधुन्द गिट्टीवालुवा निकाली रहेका छन् । असार २७ गते यसरी जेसिबी प्रयोग गरर धमाधम गिट्टीवालुवा निकाली रहेका छन ।
खोला नालाबाट असार लागेपछि नजिजन्य पदार्थको उत्खनन् गर्न बन्देज लगाईन्छ । तर, नियमन निकाय कञ्चनपुरको कृष्णपुर नगरपालीका र सव डिभिजन कार्यालय बाणी कञ्चनपुर भने बेखबर भएको नाटक मञ्चन गरिरहेका छन । एक जना स्थानीय भन्छन्–‘स्थानीय तह सबैलाई जानकारी छ, सबै अनबिज्ञको नाटक गरेका हुन् ।’ उता असार १ गतेबाट सबै नदीबाट गिट्टीवालुवा निकल्न पुर्ण रुपमा बन्द गरेको कृष्णपुर नगरपालिकाका मेयर कृष्णबहादुर हमाल बताउछन् । मेयर हमालले प्रतिबन्धीत क्षेत्रबाट कसैले गैरकानुनी तरिकाले गिट्टीवालुवा निकाल्ने काम पाएमा कानुन बमोजिम कार्वाही गरिने दाबी गरे ।
नदीबाट गिट्टीवालुवा निकल्न पुर्ण रुपमा प्रतिबन्ध भएपनि बिना रोकतोक निकलिरहेका छन् । मछेली खोलमा रिपोर्टीङ्गकामा गएकोे फूलवारी खबर डटकमको टोली किन आएको भन्दै रोक्ने प्रयास समेत गरेका थिए ।
स्थानीयले सरोकारवाला निकायलाई उत्खनन रोक्न पटक पटक आग्रह गर्दा पनि वेवास्ता भईरहेको मछेली खेला पर्ने ग्वासी समैजी सामुदायक वनका वन हेरालु तपबहादुर खत्रीले बताए । विगतमा नै उत्खनन गरि जम्मा गरेको बालुवा, गिट्टी ढुवानी गर्ने बाहानामा अहिले पनि गैर कानुनी रुपमा उत्खनन भईरहेको स्थानीयय बताउछन् ।
उता सव डिभिजन कार्यालयमा नदी जन्यपदार्थ उत्खनन् गर्न पुर्ण रुपमा बन्द गरिएको बताउदै नियम बिपरित गरेको पाईएमा कार्वाही गर्ने सव डिभिजन कार्यालय बाणी कञ्चनपुरका रेञ्जर दुर्गेश धामीले बताए ।
विगतमा जिल्ला विकास समिति तथा जिल्ला समन्वय समितिले कञ्चनपुरका खोलानालको बालुवा गिट्टी र ढुङगा उत्खनन्का लागि ठेक्कामा लागउने गरेको थियो भने अहिले उक्त जिम्मा स्थानीय तहलाई दिईएको छ