फुलबारीमा २५ किलो अवैध कुखुरा बरामद

असोज ३१, धनगढी/ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश फुलबारीले मंगलबार २५ किलो अवैध कुखुरा बरामद गरी नष्ट गरेको छ । भारतबाट औवध रुपमा नेपाल ल्याईरहेको अवस्थामा फुलवारी सिमामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश फुलबारीले नष्ट नरेको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश फुलबारीका सशस्त्र प्रहरी निरिक्षक नवराज शाहीले कुखुरा ल्याउने व्यक्तिहरु कुखुरा छाडेर भागेको बताए । साथै उनले नेपाल र भारतको खुला सिमानाका कारण पटक पटक यस किसिमका कार्यहरु हुदै आएको बताए । पशुसेवा केन्द्र , माछामासु पोल्टी व्यवसायी संघ र फुलबारीका स्थानियहरुको रहोवरमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश फुलबारीले अवैध कुखुरा नष्ट गरेको हो ।