कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकीकरण

असोज ३०, काठमाडौं : नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार एकीकरण भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सोमबार आयोजित पार्टी एकता घोषणा कार्यक्रममा दुई पार्टीबीच एकता भएको हो। एकता कार्यक्रममा कांग्रेस सभापति समेत रहेका देउवा र नेपाल लोकतान्त्रिक फोरमबीच सहमति पत्र आदान प्रदान गरिएको थियो।