धनगढी,१५ चैत । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररथ एक व्यक्तिमा कोरोना भाइरस संक्रमत भेटिएपछि उनका परिवारका सदस्यलाई आज अस्पताल ल्याईएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ति युवकका परिवारका सदस्यलाई अस्पताल सेती प्रादेशिक अस्पतालमा ल्याईएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार संक्रमित व्यक्तिका परिवारका ८ जना सदस्यलाई निगरानीमा राख्न एम्बुलेन्स मार्फत अस्पताल पुगाईको छ। उनीहरुको स्वास्थ्य अवस्था जाँच गर्दै परीक्षणका लागि नमूना संकलन गरिनेछ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको थियो। उनी चैत ८ गते काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी आएका थिए।