धनगढी, २५ फागुन ।कैलालीको धनगढी उपमहानगरपालिका-१४ “सी” गाँउमा रहेको गाँउघर क्लिनिक मर्मत नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । २०७६ जेठमा आएको हावाहुरीले क्लिनिकको छाना उडाएको झण्डै दश महिना बित्नै लाग्दा समेत मर्मत नहँुदा सेवाग्रहीले सास्ती खेप्नु परेको हो ।
सेवाग्रहीलाई सेवा दिन गाह्रो भयो, मर्मत गरिदिनु पर्यो ’ भनेर वडा अध्यक्ष रामबजारी चौधरीलाई जती अनुरोध गरे पनि कुनै सुनवाई नभएको फुलवारी स्वास्थ्य चौकीकी अनमी शुलोचना अधिकारीले दुखेसो पोखिन् । क्लिनिकको छानो मर्मत नहुँदा चालीस देखि साठी जना सेवाग्राही बिगत दश महिना देखि घर आँगनमै पाउने सेवाबाट प्रभाबित भएका छन् ।
क्लिनिक मर्मत नहँुदा परिवार नियोजन सेवा, पोषण कार्यक्रम , सुत्केरी जाँच, सुरक्षित मातृत्व लगाएतका गाँउमै पाईने सेवा लिन पनि स्थानिय सेवाग्राही वडा नम्बर -१९मा रहेको स्वास्थ्य चौकी धाउन बाध्य भएका छन् । हावाहरीले छानो उडाएको दश महिना बित्नै लाग्दा सामेत चासो नदेखाएको वडा कार्यलयले भने काँठ नपाउदा बन्न नसेको वडा अध्यक्ष रामबजारी चौधरीले बताए ।
सो क्लिनिक २०६७ सालमा अलक माया तामाङले स्वर्गीय जंगबहादुर तामाङको स्मृतिमा आफ्नै लगानीमा निर्माण गरिदिएकी थिईन् ।