धनगढी,११ माघ/ नेपाल रेडक्रस सोसाईटी फुलवारी उपशाखाको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटीफुलवारी उपशाखाका सभापती ओमप्रसाद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी धनगढी उप –महानगरपालिका वडा नम्बर –१८का बडा अध्यक्ष मुरारी अधिकारी रहेका थिए ।
कार्यक्रममा उप –शाखाका कोषाध्यक्ष खडक तिरुवाले आर्थिक प्रतिवेदन पेस गरेका थिए भने वार्षिक प्रगति प्रतिवेदन उप–सचिव यादव शर्माले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर –१४का वडा अध्यक्ष रामबजारी थारु, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीका खरिद समिति संयोजक मेघप्रसाद शर्मा ,भारताल साझेदारी वन ब्यबस्थापन समितिका संयोजक यादब भण्डारी,रक्त संचार केन्द्र धनगढीका प्रमुख धरणी पन्त , नेपाल रेडक्रस सोसाईटी जिल्ला सदस्य खेमराज जोशीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सोही कार्यक्रममा अठार पोईन्ट , रक्तदान समेत गरिएको थियो । यसैगरी पचास जना गरिबीको रेखामुनी रहेका परिवारहरुलाई कम्बल समेत बितरण गरिएको थियो ।
उपशाखाकी उप सभाापति जमुना दाहलले स्वागत मन्तब्य ब्याक्त गरेको कार्यक्रमको संचालन सचिव कृतबहादुर विष्टले गरेका थिए ।