धनगढी,०८फागुन ।बैतडी जिल्लाको डिलासैनी गाँउपालिकामा आगजनी गरिएको छ । अज्ञात समुहवाट गरिएको आगजनीवाट गाउँपालिकाको प्रशासन शाखामा पुर्णक्षती भएको जनाईएको छ ।
आगजनीबाट कार्यलयका कागजात ,कम्युटर फोटोकपी मेसीन लगायतका सामाग्रीहरु जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष उकेन्द्र बहादुर बोहराले जानकारी दिएका छन् । केही दिन पहिला गाउँपालिकामा केन्द्रको बिवाद रहेको भए पनि घटना सम्बन्धि अनुसन्धान भईरहेको बोहराले जानकारी दिए ।