धनगढी, ५ माघ / सरकारले हालै ल्याएको सूचना प्रविधि विधेयक,२०७६ प्रति नेपाली काग्रेसले गम्भीर आपती जनाएको छ । नेपाली काग्रेस कैलाली जिल्ला कार्य समितिले विरोधपत्र सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको हो ।
नेपाली काग्रेस कैलाली जिल्ला कार्य समितिको ज्ञापन पत्र बुझ्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गृह मन्त्रालय मार्फत प्रधानमन्त्री समक्ष पेश गर्ने प्रतिवद्धता जनाउनुभयो ।सरकारले सविधान पधत सूचनाको हक र अधिकारका विरोधमा सूचना प्रविधि सम्बन्धी विधेक ल्याएर जनताहरु को अधिकार लाई कुण्ठित पुराउन खोजी रहेको नेपाली काग्रेसले आपती जनाएको छ ।
सवै भन्दा आक्ररमण जनता ,सूचना प्रविधि र पे्रस माथी सरकारले आक्रमण गर्न खोजी रहेको नेपाली काग्रेस कैलाली जिल्ला कार्य समितिका कार्यवाहक सभापति प्रकाश बहादुर बमले बताए । उनले सरकारलाई टुढा समेत टेकाउने बताए ।
विधेकमा धेरै नै तुरटी भएकाले सरकारले विधेकनै फिर्ता गर्नु पर्ने उनले बताए ।नेपाली काग्रेसले आइतवार कैलाली सहित देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको हो ।