अत्तरिया २९,पुस / कैलालीको गोदावरीमा लाग्ने बाह्र राशि दर्शन मकर मेलाको भब्य उद्घाटन गरिएको छ ।
मंगलबार एक कार्यक्रमका बिच सुदूपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापाले मकर मेलाको उद्घाटन गरेका हुन ।
गोदावरी धाम समितिका अध्यक्ष पदम राज जोशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सभामुख थापा रहेका छन भने सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी बिशिष्ट अथिति रहेका छन ।
त्यस्तै कार्यक्रममा प्रदेश सांसदहरु चुन कुमारी चौधरी, टेक बहादुर रैका, पुर्णा जोशी, अक्कल बहादुर रावल, गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँद, उप प्रमुख रत्ना कडायत लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा २ जनालाई सम्मान गरिएको छ । पदमा अस्पतालका प्रमुख नर बहादुर मौनी र व्यवसायी मान बहादुर शाहलाई सामाजिक क्षेत्रमा बिशिष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।
१२ दिन सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ पारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने आयोजकले जनाएको छ । मेला अवधिभर ४ लाख दर्शनार्थिले अवलोकन गर्ने अपेक्षा गरिएको गोदावरी धाम समितिले जनाएको छ ।