बझाङ सदरमुकाम फोहोरै फोहोर, नगर व्यवस्थापन नभएको स्थानियको गुनासो

ललित सिंह, बझाङ ०५, असोज/ बझाङको सदरमुकाम चैनपुर अव्यवस्थित र फोहर बन्दै गएको छ । जिल्लाकै मुटु मानिने जयपृथ्बी नगरपालिका स्थापना भएको दुई तिन बर्ष बित्तिसक्दा पनि बजारमा रहेका नालाहरु र बजार व्यवस्थापन नगर्दा दुर्गन्धित बन्दै गएको छ । अव्यवस्थित तरिकाले सदरमुकाम बझाङमा धमाधम भौतिक संरचनाहरु निर्माण भईरहेका छन् । कतै हिड्ने बाटो नै छैन् । गल्ली गल्लीबाट निस्किने फोहर व्यापारी व्यवसायीहरुले सडकमै फाल्ने गरेका छन् । जयपृथ्बी नगरपालिका क्षेत्र भित्र निर्माण भईरहेका भौतिक संरचनाहरु नक्सा विना नै संरचनाहरु निर्माण गरिरहेका छन् । नगरपालिकाले नक्सा पास गरि घर बनाउने प्रक्रिया सूरु गर्न नसकेको र घर निमार्ण गर्दा सागुरो सड्क भई फोहर व्यवस्थापन गर्न नसक्दा स्थानीयलाई दैनिक बजारमा आबत जावत गर्न कठिन भएको स्थानीय मुकेस धामीको गुनासो छ । अहिले जताततै फोहर मात्र देखिन्छ । जिल्ला सदरमुकाम चैनपुर क्षेत्र मानवताबादी राजा जयपृथ्बी बहादुर सिंहको नामबाट नामाकृत गरेको नगरपालिका भए पनि बजार व्यवस्थापन समिती भने नाममा मात्रै सिमित भएको छ । जिल्लाकै पहिलो जयपृथ्बी नगरपालिका घोषणा भएको ३ वर्ष वितिसकेको छ । तर पनि सदरमुकामको फोहर व्यवस्थापन गर्न नसक्दा स्थानीय मर्कामा पदै गएका छन् । हिड्ने बाटो हिलाम्ये बनेको छ । बजार अव्यवस्थित हुँदा यो समयमा विभिन्न रोगहरु आउने भएपछी अहिले स्थानिय चिन्तीत बनेका छन । समग्र जिल्लाको सरसफाईको नेतृत्व गर्ने जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समिति पनि पछिल्लो समय निष्कृय जस्तै बनेको छ । जयपृथ्बी नगरपालिकाले भने वर्षातको समय भएकोले सदरमुकाम चैनपुरको सरसफाईको व्यवस्थापन गर्न नसकेको स्वीकार गरेको छ । वर्षा समय सकिने वित्तिकै नगरपालिकाले फोहर व्यवस्थापन गर्ने जयपृथ्बी नगरपालिकाका मेयर बिरेन्द् खड्काले बताए । खुला दिसामुक्त जिल्ला घोषणा गरिसकेपछि अहिले जिल्लालाई पूर्ण सरसफाई अभियान जिल्ला घोषणा गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् तर जिल्लाकै मुटु मानीने सदरमुखकाम चैनुरमा अवस्थित जयपृथ्बी नगरपालिका दुर्गन्धित हुन लागेकोले समयमै सरोकारवाला निकायले ध्यान दिन जरुरी छ । स्थानिय निकायले जन प्रतिनिधीहरु पनि पाई सकेको छ । उनिहरुले चुनावी एजेण्डामा सदरमुकाम चैनपुर सरसफाई गर्ने बताएका थिए तर अहिले त्यो भने कार्यान्वय हुन सकेको छैन् ।