डडेल्धुरा ,२६ मंसिर । डडेल्धुरामा शुक्रवार विहान परेको चट्याङले जिल्ला सदरमुकामका केहि टेलिफोन लाइनहरुको सेवा अवरुद्ध भएको छ। दुरसंचार कार्यालय डडेल्धुराको एक्सचेन्जमा क्षति हुँदा अधिकांश टेलिफोन लाइनहरुको सेवामा समस्या आउँदा इन्टरनेट सेवा समेत अवरुद्ध भएको हो।
जिल्ला सदरमुकाममा रहेका करिब १ सय ५० फोनलाइनमा समस्या आएकोे नेपाल टेलिकम दूरसञ्चार कार्यालयले डडेल्धुरा जनाएको छ। चट्याङले डाटाकार्ड र भ्वाइसकार्ड जलेकाले समस्या आएको बताइएको छ।
एक्सचेन्जमा भएको क्षतिको मर्मत गर्ने प्रयास भइरहेको र छिट्टै सेवा सुचारु हुने दूरसञ्चार कार्यालयले जनाएको छ।