पश्चिमी वायु सक्रिय भएपछि विहिबार देखि नेपालका अधिकाँश क्षेत्रमा पानी परेको छ भने हिमाली तथा पहाडी क्षेत्रमा हिउँ परेको छ ।
विगत लामो समय देखि सुदूरपश्चिमा पानी नपर्दा चिन्तित भएका किसानहरु हर्षित भएका छन ।
खेतबारीको सिचाँईका लागि आकासे पानीको भर पर्नु पर्ने क्षेत्रका किसानका लागि निकै नै राहत भएको कृषि विज्ञले बताएका छन ।
अर्न्तराष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) नेपाल, नेपालगञ्जका अनुसन्धान सहायक आशिफ इकवाल खाँका अनुसार यो समयमा आएको पानीले गहँ, आलु लगायतका हिउँदे बालीमा सिचाईका लागि राहत नै दिएको हो ।
पानी नहुदाँ सुक्ने खतरामा परेको बालीनालीमा पानी परि दिदाँ धेरै खुशी लागेको कृष्णपुर ७ का कृषक बसन्ती देवी भट्टले बताइन । उनका अनुसार गहुँ आलु तथा जौ लगायत हिउदे बाली अब सप्रने आशा जागेको छ ।
सिचाईका लागि नहर भएका क्षेत्रका किसानका लागि पनि पानीले निकै सहजता दिएको छ । बोरिङ्ग चलाएर खेतमा गहँमा पानी लगाई रहेका थियौ । आकाशे पानी बर्षेर साह्ै सहज भएको भन्दै गड्डाचौकीका कृषक राजेन्द्र भट्टले खुशी प्रकट गरेका छन ।