कराँते बिशेष प्रशिक्षण समापन

पाण्डव पुजारा, असोज ३, धनगढी / सितोरियो कराते संघ कैलालीको आयोजनामा मंगलबार धनगढीमा कराँते बिशेष प्रशिक्षण समापन समारोह तथा दशैको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वडले खेलकुदले देशलाई अन्तराष्ट्रिय स्तर सम्म चिनाउने भएका कारण राज्यले खेलकुदलाई व्यवस्थि तगर्न आवश्यक भएको बताए । खेल क्षेत्रमा थुप्रै प्रशिक्षक छन् नगरप्रमुख वडले भने यस क्षेत्रको विकास र विस्तारका लागी सवैले आफ्आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक छ । साथै नगरप्रमुख नृप वडले धनगढीमा चाँडै नै मेयर कप हुने जानकारी दिए । उनले आगामी ५ बर्ष भित्रमा धनगढी उपमहानगरपालिकालाई खेलकुदमय बनाउने बताए । ‘खेलकुदमा लाग्ने मान्छे संग शैक्षिक योग्यता पनि उत्तिकै महत्वपुर्ण छ’ नगरप्रमुख वडले भने–‘जसले गर्दा खेलाडीहरुलाई सफलता दिलाउँछ ।’ जानकीगाँउपालिकाका उप–प्रमुख उमा महतले खेलाडी देशको गहना त्यसैले खेलकुद क्षेत्रको संरक्षण गर्नु पर्ने बताईन । उनले जानकी गाउँपालिकाले खुलकुदको विकासको लागी २० लाख रुपैया छुट्याएको बताईन् । सितोरियो कराते संघ कैलालीका अध्यक्ष भोज बहादुर बमले खेलकुदको विकासका लागी राज्यले लगानी छुट्याउन आवश्यक भएको बताए । साथै सितोरियो कराते संघ कैलाली आगमी दिनमा शसक्त भएर अगाडी बढ्ने बताए । संघका सदस्य त्रिलोकनाथ पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा खेलकुद विकास समिती कैलालीका अध्यक्ष दिपक सिहँले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा जानकी गाउँपालिकाकी उपप्रमुख उमा महतो र भारतको नयाँदिल्लीमा भएको तेश्रो दक्षिण एसियाली कराँते प्रतियोगीतामा तेश्रो स्थान हासिल गर्ने ललित खत्रि, बर्ष साउँद, जगत सिह धानुक, धर्मेन्द्र रेग्मीलाई सम्मान गरिएको थियो । कराते बिशेष प्रशिक्षणका मुख्य प्रशिक्षक केईजी तेमिया सिहानलाई मायाको चिनो प्रदान गरिएको थियो । केईजी तेमिया सिहन जापानका नागरिक हुन् । सितोरियो कराते संघ कैलालीले भाद्र ३० गते देखि असोज ३ गते सम्म कराते बिशेष प्रशिक्षण संचालन गरिएको थियो ।