नेपाल भ्रमण बर्ष २०२० को पुर्व सन्ध्यामा शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा सरसफाई गरिएको छ ।
बुधबार आयोजित सरसफाई कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टको पनि सहभागिता रहेको थियो यसका साथै सरसफाई कार्यक्रममा राष्ट्रिय सरसफाई अभियन्ता केपि खनालको सहभागिता रहेको थियो । यस्तै कार्यक्रममा देउडा गायिका रेखा जोशी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
पर्यटन वर्ष मनाउन पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै राष्ट्रिय निकुञ्ज क्षेत्रलाई स्वच्छ र सफा राख्नु आवश्यक रहेको भीमदत्त नगरका मेयर विष्टले बताए ।