२६ कातिक/ भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूभाग समेत आफ्नो नक्सामा पारेपछि त्यसको बिरोधमा राष्ट्रिय युवा संघले अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । युवा संघले मंगलबार धनगढीमा “नेपाली सिमा अतिक्रमण बिषयक विचार गोष्ठी तथा अन्तक्रिया कार्यक्रम”को आयोजना गरेको हो । कार्यक्रममा विभिन्न सरोकालवाहरुको उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले भारतको बिस्तारवाद बिरुद्ध चर्को आलोचना गर्दै सरकारले यस्तो असह्य बलमिचाईको प्रतिकार गर्नुपर्ने जोडदार माग गरेका छन् ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम विश्वविद्यालयका पुर्व रजिष्टार डाक्टर हेमराज पन्तले नेपालले सिमा क्षेत्रमा निगरानि बढाउनु पर्ने धारणा राखे । उनले छिमेकी राष्ट्र चिन र भारतबाट नेपालले सहयोगको अपेक्षा नगर्नु पर्ने समेत बताए ।
यस्तै नेपाली कांग्रेस कैलालीका पुर्व सभापती गोबिन्दराज जोशीले भारतियहरुको ज्याजती आफुहरुलाई स्विकार्य नभएको बताए । उनले सिमा रक्षा तथा विवाद समाधानको लागी नेपाल सरकारले तत्काल कुतनितीक पहल चाल्नुपर्ने बताए ।
कार्यक्रममा नास्ट कलेजका प्रमुख शिवहरी मुडभरीले भारतीय पक्षले कालापानी, लिपुलेक मात्रै नभएर चौतर्फी रुपमा सिमा अतिक्रमण गरिरहेको बताए । उनले तराईका जिल्लाहरुमा पनि सिमा अतिक्रमण बढीरहेका भन्दै सरकारको त्यसप्रति ध्यानाकर्षण हुन जरुरी रहेको बताए ।
नेपाली कांग्रेस प्रदेश संसदिय दलका नेता डाक्टर रण बहादुर रावलले भारतले नेपाली सिमा अतिक्रमण गरिहेको प्रती आपत्ति जनाउदै, सिमा रक्षाको लागी सबैले एकजुट भएर लाग्नु पर्ने बताए । उनले अहिलेको दुई तिहाईको सरकारलाई सिमा विवाद समाधान गर्न नेपाली कांग्रेस लगाएत आम नेपालीहरुको साथ रहेको बताउदै सरकारको अग्नी परिक्षा समेत आएको धारणा राखे ।
यस्तै कार्यक्रममा प्रमुख अतिथी तथा सुदूरपश्चिम सरकारका आन्तरिक मामीला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले सिमा क्षेत्रको बिषय आफ्नो क्षेत्राअधिकार भित्र नपर्ने र संघिय सरकारले यस विषयमा पहल कदमी चाल्नुपर्ने बताए ।
मन्त्री शाहले प्रदेश सरकारसंग नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालनको अधिकार नभएको गुनासो गर्दै भने –‘यदी त्यो अधिकार हामीलाई भईदिएको भए अहिलेसम्म सिमा क्षेत्रमा सेना परिचालन भईसक्थे ।’
उनले सिमा विवाद समाधानको निम्ती संघिय सरकारले विभिन्न कुटनितीक पहल अगाडी बढाईरहेको प्रती धन्यवाद ज्ञापन समेत गरे । कार्यक्रममा मन्त्री शाहले भारतको हेपाइ आफूहरुलाई कदापी सह्य नहुने भन्दै भारतको प्रतिकार गर्न आफुहरु तयार रहेको समेत धारणा राखेका थिए ।
अन्तरक्रिया कार्यक्रमका सभापती तथा युवा संघका केन्द्रीय सदस्य दिल बहादुर थापाले युवा संघ नेपाल आफ्नो मातृभुमी र देशको रक्षा गर्न तयार रहेको बताए । उनले हिजो पुर्खाहरुले जसरी सिमा रक्षाको निम्ती लडे् त्यसरीनै लड्न तयार रहेको धारणा राखे ।
कार्यक्रममा विभिन्न सरोकारवाला निकाय, सञ्चारकर्मी, पत्रकार, बुद्धिजीबि, लगाएत युवाहरु उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालन युवा संघ नेपालका केन्द्रीय सदस्य विनय शाहले गरेका थिए ।
भारतले केहि दिन अघि मात्रै सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएसंगै देश बिदेशबाट भारतको बिरोधमा चर्को आलोचना भईरहेको छ ।