डडेल्धुरामा अनसनरत डा गोविन्द केसीले अनसन स्थगीत गरेका छन । नौ दिनदेखि अनसरत डाक्टर गोविन्द केसीले मंगलबार साँझ विज्ञप्ती जारी गरी अनसन स्थगीत गरेका हुन । अनसन स्थगत गर्दै डा केसीले अहिले भारतले नेपाली भूमी कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगीत गरेको बताएका छन् ।
राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं, डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिएपछिको पहिलो अनसन डा. केसी डडेल्धुराबाट गरेका थिए । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पतालबाट अवकाश हुदैँ गर्दा उनले पत्रकार सम्मेलन गर्दै सरकारलाई आफ्ना माग पुरा गर्न कार्तिक १३ गते सम्मको अल्टिमेटम दिएका थिए । तिहारको कारण अनसन मिती पछाडी सारेका उनले कार्तिक १८ गतेबाट डडेल्धुरामा अनसन सुरु गरेका थिए ।