कैलालीमा १६ जुवाडे पक्राउ

कैलाली २३ भाद्र– कैलालीको बर्दगोरीया गाउँपालिकाको बौनिया बजारबाट १६ जना जुवाडे पक्राउ परेका छन् । विहीबार मध्यराति प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा खटिएको टोलीले १ लाख ९ हजार ८६ रुपैयासहित जुवाको खालबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खेल सञ्चालक होटल रातोभालेका प्रकाश बमलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ गरिएका केही युवाहरुले जुवाको खेलमा आफ्नो कुनै संलग्नता नरहेको र प्रहरीले होटल बाहिरबाट अनावश्यक रुपमा समातेको दाबी गरेका छन्।