फूलवारीमा तिन जना औँलोका बिरामी भेटिए

भदौ २२, फूलवारी // कैलालीको धनगढी उपमहानगरपालिका १४ फूलवारीमा ३ जना औलो रोगीहरु फेला परेका छन् । फूलवारी स्वास्थ्य चौकीमा बिरामी चेक चाँज गर्ने क्रममा बिहिबार सो रोगका विरामीहरु फेला परेका हुन । फूलवारीको गगुडाटोल १ जना र खुटियाँमा २ जना ओलो रोगका बिरामीहरु फेला परेका बताईएको छ । आँैलोे रोगका विरामीहरु फेला परेपछि बिहिबार पूmलवारी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको टोलीले वडा नम्बर १४ मा औँलो रोगका विरामीहरुको खोज पड्ताल गरीएको फूलवारी स्वास्थ्य चौकीका इन्चार्ज रेशम लामिछानेले जानकारी दिएका छन् । खोज पड्तालका क्रममा बिहिवार १ सय ८ जनाको आँैलो रोग चेक जाँच गरिए पनि थप बिरामी भने फेला नपरेको ईन्चार्ज लामिछानेले जानकारी दिएका छन् । संक्रमित लामखुट्टेको टोकाईबाट लाग्ने यो एक प्रकारको सरुवा रोग हो । संक्रमित लामखुट्टेको टोकाईबाट बच्न सकेको खण्डमा यो रोग लाग्नवाट बँच्न सकिने स्वाथ्यकर्मीहरु बताउँछन् ।