बौनिया, ९ कात्तिक – धनगढीको लिटिल फ्लावर स्कुल बाल बाटिका क्रिकेट लिग २०७६ को च्याम्पियन भएको छ । आयोजक नव बालबाटि स्कुलमाथि ४२ रनको फराकिलो जित दर्ता गर्दै लिटिल फ्लावर पहिलो संस्करणको च्याम्पियन बनेको हो ।
विद्यालय तहको सुदूरपश्चिम प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिसँगै लिटिल फ्लावरले नगद १ लाख एक हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको आयोजक नव वालवाटिकाले नगद ५१ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।
फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको लिटिल फ्लावरले २० ओभरमा सबै विकेट बनाउँदै ११० रन बनायो । लिटिल फ्लावरका लागि नरेन भट्टले २० रन र अनुराग सिंहले १५ रन बनाए ।
वालवाटिकाका लागि वसन्त ठाकुरले चार र पारस भुलले तीन विकेट लिए । १११ रनको विजय लक्ष्य पछ्याएको वालवाटिका १७ दशमलव ३ ओभरमा ६८ सनमा समेटियो ।
वालवाटिकाका लागि नरेन्द्र साउद बाहेक अरू खेलाडीले दोहोरो रन अङ्क छुन सकेनन् । आयोजकको टिमलाई सस्तैमा समेट्ने क्रममा लिटिल फ्लावरका लागि दीपक रोकायाले ५ विकेट लिए । प्रकाश वडुले तीन विकेट थपे ।
आफ्नो टिमलाई उपाधि जिताउन महत्त्वपूर्ण भसमिका खेलेका लिटिल फ्लावरका दीपक रोकाय म्यान अफ द म्याच भए । उनले ट्रफी सहित नगद ३ हजार पाए ।
यस्तै प्रतियोगितामा आरएमई स्कुल टीकापुरका अभिषेक खत्री उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार सहित ट्रफी पाए । वालवालिटका क्रिकेट लिगमा लिटिल फ्लावरका नरेन भट्ट उत्कृष्ट ब्याट्सम्यान, लिटिल फ्लावरकै प्रकाश बुढा उत्कृष्ट बलर र आयोजक नव वालवाटिका स्कुलका लालबहादुर वि.क घोषित भए । उनीहरूले नगद ५ हजार सहित ट्रफी पाए ।
प्रतियोगितामा आरएमई स्कुल टीकापुरका विपिन साउदले सबैभन्दा बढी ५ वटा छक्का प्रहार गरे । उनले नगद दुई हजार ५ सय सहित ट्रफी पाए ।
असोज २६ गतेदेखि आजसम्म सञ्चालन भएको प्रतियोगिताका विजयी खेलाडीहरूलाई एक कार्यक्रम गरी पुरस्कार वितरण गरिएको छ । नव वालवाटिकाका संस्थापक देव बहादुर मल्लको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष बलीराम थारु डगौरा रहेका थिए ।
झन्डै ८ लाख खर्च भएको प्रतियोगिताको दोस्रो संस्करणमा पुरस्कार राशि दोब्बर घोषणा गरिएको छ । नकआउट आधारमा हुने वालवाटिका क्रिकेट लिगको दोस्रो संस्करणको विजेताले दुई लाख २१ हजार र उपविजेताले एक लाख दुई हजार लिने घोषणा गरिएको छ ।
त्यस्तै विधागत पुरस्कार राशि पनि वृद्धि गर्ने प्रतियोगिताका संयोजक प्रमोद मल्लले जानकारी दिए । बौनियाको नव वालवाटिका स्कुलको आयोजनामा भएको प्रतियोगितामा कैलाली कञ्चनपुरका १६ वटा विद्यालयको सहभागिता रहेको थियो ।