सामर्थ्य नेपालको परिचयात्मक कार्यक्रम,समाज परिवर्तनका लागी सामर्थ्य नेपाल

युवराज न्योपाने, भदौ २१ , काठमाण्डौँ // विभिन्न कार्यक्रम गर्दै आइरहेको सामर्थ्य नेपालले बिशुद्व राजनीतिबाट अलग रहेर युवा शक्तिहरु एक हौं र सबै मिली देशलाई नयाँ पाटोमा लगौं र आजका सिर्जनशिल युवाहरू एक हौ भन्दै देशभर बुधबार नेपालकै केन्द्र काठमाडौमा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । निश्चल लम्सालको संयोजकत्वमा सुरुवात भएको कार्यक्रममा प्रमुख अथितीमा सामर्थ्य नेपालका केन्द्रिय संयोजक अर्जुन भुसाल रहेका थिए । कार्यक्रममा सामर्थ्य नेपाल पश्चिम् नेपाल प्रमुख केपि खनालले सामर्थ्य नेपाल बारे प्रकास पार्दै आफ्नो मन्तब्य व्यत्तः गरेका थिए । कार्यक्रममा समाजसेवी तारा प्रसाद अर्याल , चन्द्र बिक , टेकराज कठायत , नरदेव न्यौपाने , डम्बर बम , आकृति बिष्ट , पत्रकार टंककला तिमिल्सेना , पत्रकार युवराज न्यौपाने , शिवराज जैशी , अनुप लामिछानेले शुभकामना मन्तव्य व्यत्तः गरेका थिए । शुभकामना मन्तव्यका क्रममा सबैले आजको आवश्यकता भनेको राजनीति अराजकता नभई युवाहरु एकताबद्द भएर देश निर्माणमा लाग्नु पर्छ भन्ने सन्देश दिएका थिए । सामर्थ्य नेपालका केन्द्रिय संयोजक भुसालले आफू र हाम्रो संस्था कुनै व्यक्तिगत वा संस्थागत र राजनीति स्वार्थमा नलागी समाज परिवर्तन गर्न चाहने युवाहरुलाई एकजुट बनाउने उद्देश्यले सामार्थ्य नेपाल स्थापना भएको बताएको कार्यक्रमको संचालन युवा समाजसेवी सचिन तिमिल्सिनाले गरे । यसैबिच बुधबारनै सोही कार्यक्रमका बिच नेपालका अन्य सात जिल्लामा सामर्थ्यको जिल्ला समिति गठन गरिएको छ जसमा कालिकोट जिल्ला संयोजकमा गोविन्द शाही,पाचथर जिल्ला संयोजकमा दिनेश केरुङ ,स्याङ्जा जिल्ला संयोजकमा हृदयस अर्याल, धादिङ जिल्ला संयोजकमा श्याम विश्वकर्मा , काठमाडौ९कैलाली जिल्ला संयोजकमा निर्मल लम्साल, सचिवमा आकृती बिष्ट र सिमरा जिल्ला संयोजकमा प्रज्वल दाहाल नियुक्त हुनु भएको कुरा काठमाण्डौ बाट मित्र केपी खनालले नेपालगन्ज टाइम्सका प्रदेश नं ७ ब्यूरो प्रमुख यज्ञराज उपाध्यायलाई जानकारी दिए ।