पाण्डव पुजारा फुलबारी १६ भाद्र पछिल्लो समय मुलुकमा पश्चिमा संस्कृती भित्रिए संगै नेपाली समाजको मौलिक कला र संस्कृती लोपहुदै गरेको भएपनि फुलबारीका युवापुस्ता भने संस्कृती जगेर्ना तर्फ लागी परेका छन् । सुदुरपश्चिममा लोपहुँदै गईरहेको देउडा खेलको जगेर्ना गर्नका लागी फुलबारीका युवाहरु अहिले विभिन्न कार्यक्रमको आयोजना गर्दै संरक्षणमा जुटेका हुन् । पछिल्ला केहि बर्ष यता सुदुरतथा मध्यपश्चिमको कला र संस्कृतीक पहिचान बोकेको डेउडा खेलको जगेर्ना गर्न र भावी पिडीहरुलाई हस्तान्तरण गर्नका लागी पनि आफुहरु संरक्षणमा लागेको फुलबारीका युवाहरु बताउँछन् । पुर्खाहरुले खेल्दै आएको डेउडा खेललाई जगेर्ना गर्नु हाम्रो दाईत्व हो त्यसैले युवाहरुले नै यसमा संरक्षण गर्न तर्फ लाग्नु पर्ने धनगढी उपमहानगरपालीका १८ फुलबारीकी अन्जली ओझाले बताईन् । सद्भाव र फरक पहिचान बोकेको देउडा खेलको जोगाउन पट्टी युवाहरुको भुमिका एकदमै आवश्यक भएका कारण पनि विभिन्न पर्वमा देउडा खेल खेल्ने गरेको फुलबारीकी शोभा जोशीले बताईन् । हरेक मान्छेले आफ्नो क्षेत्रबाट यस खेलको निरन्तरता दिई संस्कृतीको जगेर्ना गर्न सकिने सिता नेपालीको भनाई छ । देउडा सुदूर तथा मध्य क्षेत्रका बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेल्धुरा, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लाहरूमा मुख्य रूपमा खेल्ने गरिएको छ । गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा गितै गितमा सवाल जवाफ हुने यस खेलमा एक समूह यूवा र अर्को समूहमा युवती रहेका हुन्छन् । यूवा(यूवा बिच र यूवती–यूवती बिच पनि यो सवाल जवाफको खेल हुन्छ । यो देउडा प्रचलित सबै ठाउँमा खेलेको देख्न पाइन्छ । बर्तुलाकार समुहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलिको पदचापमा सन्तुलन मिलाएर समूहमा लयवद्ध ढङ्गले गाईने र खेलिने खेल देउडा हो ।