भदौ १६ डोटी । निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधवार सरकारलाई आफ्नो प्रतिवेदन बुझाएसँगै प्रदेश नं.७ को प्रदेशसभा ५३ सदस्यीय हुने निश्चित भएको छ । प्रदेश सभाका लागि ३२ जना प्रत्येक्ष निर्वाचित हुनेछन् भने संवैधानिक व्यवस्था अनुसार २१ जना समानुपातिक सदस्य रहेन छन् । आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार प्रदेश नं। ७ बाट संघीय प्रतिनिधि सभाका लागि प्रत्येक्ष निर्वाचन प्रणालीतर्फ १६ निर्वाचन क्षेत्र हुने छन् । कैलालीमा पाँच, कञ्चनपुरमा तीन र अछाममा दुई र अन्य ६ जिल्लाहरुमा एकरएक क्षेत्र कायम भएका छन् । यसअघि दुई निर्वाचन क्षेत्र रहेका डोटी, बझाङ्ग र बैतडीलाई एकरएक क्षेत्रमा घटुवा गरिएको छ । कुन स्थानीय तह कुन क्षेत्रमा कैलाली प्रदेश नं। ७ मा प्रदेश सभाका लागि सबैभन्दा बढी कैलालीमा १० क्षेत्र निर्धारण गरिएको छ । जानकी गाउँपालिका वडा नं। १, ३, ६ र ७, जोशीपुर गापा, र भजनी नगरपालिका वडा नं। ६ र ८ एक समाबेश गरी एक निर्वाचन क्षेत्र कायम गरिएको छ । टिकापुर नगरपालिका एक क्षेत्र कायम गरिएको छ । यस्तै लम्कीचुहा नगरपालिका वडा नं। १, २, ३, ४, ५ र ७, मोहन्याल गाउँपालिका वडा नं। ६ र ७ र जानकी गाउँपालिका २, ५, ८ र ९ समावेश गरी एक क्षेत्र कायम गरिएको छ । बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका वडा नं। ६, ८, ९ र १० र मोहन्याल गाउँपालिका वडा नं। १, २, ३ र ४ समावेश गरेर क्षेत्र तय गरिएको छ । भजनी नगरपालिका वडा नं। १ देखि ७ र ९, कैलाली गाउँपालिका १ देखि ५, ७ र ८ को एक क्षेत्र कायम भएको छ । घोडाघोडी नगरपालिकालाई एक क्षेत्र बनाइएको छ । मोहन्याल गापाको ५, गौरीगंगा नपा, गोदावरी नगरपालिका ८ र ९ र चुरे गापा २ र ३ मिलाएर एक क्षेत्र कायम गरिएको छ । यस्तै गोदावरी नगरपालिका १ देखि ७, १०, ११ र १२ र चुरे गाउँपालिका १, ३, ५ र ६ को एक क्षेत्र बनाइएको छ । धनगढी उपमहानगरपालिका ७, ८, ९, १०, १२, १४, १५, १६, १७, १८, १९ र कैलाली गाउँपालिका ६ र ९ एक क्षेत्रमा राखिएको छ । धनगढी उपमहानगरपालकिा वडा नं। १, २, ३, ४, ५, ६, ११, १३ मिलाएर एक क्षेत्र कायम गरिएको छ । कन्चनपुर प्रतिनिधिसभाका लागि तीन क्षेत्र रहेको कञ्चनपुरमा प्रदेशसभाका लागि ६ क्षेत्र कायम गरिएको छ । पुर्नबास नगरपालिका र लालझाडी गाउँपालिकाको एक क्षेत्र बनेको छ । बेलडाँडी गापा र बेलौरी नपाको एक, कृष्णपुर ननगरपालिका र शुक्लाफाँटा नगरपालिका ७, ८, ९, ११ समावेश गरी एक क्षेत्र बनेको छ । शुक्लाफाँटा नपा १, २, ३, ४, ५, ६, १०, १२ र बेदकोट ननगरपालिका १, २, ३, ४, ५, ६, ७, ९, १० को क्षेत्र बनेको छ भने बेदकोट नपाका ८ र भिमदत्त नपाका १ देखि १०, १७ र १९ मिलाएर एक क्षेत्र बनाइएको छ । भीमदत्त नपा ११ देखि १६ र १८ र महाकाली नगरपालिकालाई समावेश गरि एक क्षेत्र बनाइएको छ । अछाम अछाम साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाको एक क्षेत्र बनेको छ । मल्लेख, रामारोशन र बन्नीगढी जयगढ गाउँपालिका मिलाएर एक क्षेत्र बनाईएको छ । कमलबजार नपा १, २, ३, ४, ५, पञ्चदेवल विनायक नपा र तुर्माखाँद गापाको एक क्षेत्र बनेको छ भने कमलबजार नपा ६ देखि १०, मंगलसेन नपा र ढकारी गाउँपालिको एक क्षेत्र निर्धारण गरिएको छ । प्रदेश नं। ७ का सात पहाडी जिल्लामध्ये अछाम मात्रै प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र कायम भएको जिल्ला हो । डोटी डोटीका सायल गाउँपालिका, आदर्श, पूर्वचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिका पुरै र शिखर नगरपालिका ७ देखि ११ सम्मका वडाहरु समावेश गरी एक क्षेत्र बनेको छ । यस्तै शिखर नगरपालिका १ देखि ६ सम्मका वडाहरु, केआई सिंह, बोगटान, बढीकेदार र जोरायल गाउँपालिकालाई समावेश गरी एक क्षेत्र तय गरिएको छ । बाजुरा बाजुराका हिमाली, स्वामिकार्तिक, पाण्डव गुफा र बुढीनन्दा गापा समावेश गरी एक क्षेत्र बनाइएको छ । यस्तै बडीमालिका नगरपालिका, गौमल गाउँपालिका, छेडेदह गाउँपालिका, बुढीगंगा नगरपालिका र त्रिबेणी नगरपालिकालाई समावेश गरी एक क्षेत्र बनाइएको छ । दार्चुला दार्चुलाको लेकम, मालिकार्जुन, दुहु, व्यास गापा र महाकाली नपा समावेश गरी एक क्षेत्र कायम गरिएको छ । यस्तै अपी हिमाल, नौगाड, मार्मा गापा र शैल्यशिखर नपा मिलाएर एक क्षेत्र तय भएको छ । बैतडी बैतडीको डिलासैनीका १, २, ३, ४ र ७, पर्चुडी नपा, सुनार्या गापाका २ देखि ८, पाटन नपा र सिगास गापा समावेश गरेर एक क्षेत्र तय भएको छ । डिलासैनीका ५ र ६, सुर्नायाको १, दोगडाकेदार गापा, दशरथचन्द नपा, मेलौली नपा, पञ्चेश्वर गापा र शिवनाथ गापा समावेश भएको अर्को क्षेत्र निर्धारण भएको छ । बझाङ प्रदेश नंं ७ का पहाडी जिल्लाहरुमध्ये सबैभन्दा बढी १२ स्थानीय तह रहेको बझाङ् जिल्लामा पनि प्रदेशका लागि दुई मात्र निर्वाचन क्षेत्र हुने भएका छन् । काँडा, सुर्मा, तलकोट, छबिसपाथिभरा, मष्टा, खप्तड छान्ना, थलारा गापाको वडा नं। ९ र जयपृथ्वी नपा समावेश गरि एक क्षेत्र बनाईएको छ । यस्तै बिथ्थडचौर, केदारस्युँ, दुर्गाथली र थलारा गापा १ देखि ८ र बुङ्गल नपा समावेश गरी एक क्षेत्र कायम गरिएको छ । डडेल्धुरा प्रदेशकै सबैभन्दा कम स्थानीय तह रहेको डडेल्धुरा जिल्लामा पनि प्रदेशसभाका लागि दुई क्षेत्र कायम गरिएको छ । परशुराम नपा, आलिताल, भागेश्वर, अजयमेरु गापाका वडा नं। ५ र ६ समावेश गरि एक क्षेत्र निर्धारण गरिएको छ भने अमरगढी नपा, नवदुर्गा, गन्यापधुरा र अजयमेरु गापाका १ देखि ४ सम्मका वडाहरु समावेश गरि अर्को क्षेत्र कायम गरिएको छ संबिधानको धारा १७६ को उपधारा १ को खण्ड ९क० अनुसार प्रत्येक्षतर्फ कायम हुने सदस्य संख्यालाई साठी प्रतिशत मानी बाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था अनुसार यस प्रदेशमा २१ जना समानुपातिकतर्फबाट सदस्य संख्या कायम हुनेछन ।