सूदूरपश्चिमाञ्चल विश्वविद्यालयमा करीब छ महिना अगाडी देखि लागेको ताला अझै खुलेको छैन । त्यसमाथी प्रजातन्त्रवादी प्राध्यापक संघले परीक्षा नियन्त्रक र सह नियन्त्रकको नियुक्ति प्रक्रिया विपरित अवैधानिक भएको भन्दै नियुक्ति खारेज गर्न माग गर्दै विश्वविद्यालयमा ताला लगाएको छ । आन्तरिक विवादको चपेटमा परेको सूदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना काल देखिनै विवादको भूमरीमा पर्दे आएको छ ।
सरकारले गत पौष २७ मा तत्कालिन उपकुलपति र रजिष्ट्रारलाई विश्वविद्यालयको काममा अनियमितता गरेको भन्दै कामबाट निलम्बन गरेको थियो । त्यस पछि निमित्तको जिम्मबारी
उपकुलपतिमा विज्ञान संकायका डिन पूर्ण बहादुर चन्द र निमित्त रजिष्ट्रारमा शिक्षा शास्त्र संकायका डिन डाक्टर गोविन्द सिह विष्टलाई दिइएको छ । निमित्तमा पाएका भिसि र रजिष्ट्रार नियुक्त भए पछि सोको विरोधमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको हो । नेपाल विद्यार्थी संघले एउटै विश्वविद्यालयमा दुईटा भिसी र दुईटा रजिष्ट्रारलाई नियुक्ति दिएको भन्दै उक्त नियुक्तिको खारेजीको माग गरेको हो । नेपाल विद्यार्थी संघले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाएको तालाबन्दी हाल सम्म पनि खुल्न सकेको छैन ।
गत आइतबार विश्वविद्यालये परीक्षा नियन्त्रकका उपप्राध्यापक देवसिहँ नाथ र सह नियन्त्रकमा उपप्राध्यपक प्रेम सिह भाटलाई नियुक्ति दिएको हो । नियुक्ति प्रक्रिया अवैधानिक भएको भन्दै पजातन्त्रवादी प्राध्यापक संघले अनिश्चितकालिन तालाबन्दी गरेको प्रजातान्त्रिक प्राध्यापक संघका पुर्व उपाध्क्ष हरिश चन्द्र भट्टले बताए । ‘हाम्रो माग गरिएका नियुक्ति खारेजी हो यो सबै प्रक्रिया मिचेर गरिएको छ हामी संग कुनै पनि किसिमको समन्वय गरिएको छैन जानकारी समेत दिइएको छैन । यदि हाम्रो मागप्रति वेवास्ता गरेमा सम्पूर्ण पठनपाठन नै अवरुद हुने गरी आन्दोलन गर्ने छौ’ भट्टले भने ।
निमिक्तको जिम्मेबारी पाएका पदाधिकारीहरुले आफूहरु लगायत चौधवटै क्याम्पसका प्राध्यापक र कर्मचारीलाई निमिक्तको मात्रै जिम्मेबारी रहेको भन्दै तलब नखुवाएको तथा आफूहरु काम चलाउन मात्रै नियुक्ति दिएको भन्दै आलटाली गर्दै आएको तर परीक्षा निन्त्रक र सह नियन्त्रक नियुक्त गर्दा भने पूर्ण रुपमा अधिकार प्रयोग गरेको भन्दै निर्णय फिर्ता गरि नियुक्ति खारेज गर्न माग गर्दै तालाबन्दी गरेको पुर्व उपाध्यक्ष भट्टले बताए ।
विश्वविद्यालयमा पछिल्लो समय राजनैतिक हावी भई विश्वविद्यालयमा राजनैतिक हस्तक्षेप भइरहेको प्रति विज्ञहरु चिन्तित भएका छन । राजैनैतिक हस्तक्षेपले निजी स्वार्थ हावी भई विश्वविद्यालय अनिर्णयको बन्दी बनेको प्राध्यापक डाक्टर मुकुन्द कलौनीलले चिन्ता व्यक्त गरेका छन ।
वर्तमान निमिक्त भिसि र रजिष्ट्रारले पूर्व रजिष्ट्रार र भिसिलाई चरम लापरवाहि र एकलौटी निर्णय गरेको भन्दै कार्यकारीका विरुद्ध मुद्धा समेत हालेको तर अहिले आफूहरु नै व्यक्तिगत मनोमानीमा चलेको प्रजातान्त्रिक प्राध्यापक संघको आरोप छ ।