डेंगु र स्क्रब टाइफसको संक्रमण भयावह बन्दै
कैलाली १ असोज
सुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफसका बिरामीको संख्या १२६ पुग्यो पुगेको छ ।
प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार बुधबारसम्म सुदूरपश्चिम प्रदेशमा ५२ जनामा डेंगु र १२६ जनामा स्क्रब टाईफस देखापरेको छ ।
सुदूरपश्चिम प्रदेशमा मंगलबारसम्म स्क्रब टाइफसका विरामी १०४ जना थिए भने यो संख्या २२ जनाले बढेर बुधबार १२६ जना स्क्रब टाइफसका विरामी पुगेका छन् ।
डेंगु र स्क्रब टाइफसको संक्रमण भयावह बन्दै गएको छ । प्रदेशका बाजुरा बाहेक अरु सबै आठ जिल्लामा डेंगुको संक्रमण देखिएको छ भने अछाम र बाजुराबाहेक अरु जिल्लामा स्क्रबटाइफस देखिएको छ ।
मन्त्रालयका अनुसार कैलालीमा २५, कञ्चनपुरमा नौं, दार्चुलामा नौं, डोटीमा दुई, डडेल्धुरामा तीन, बझाङमा एक, बैतडीमा एक र अछाममा दुई जनालाई डेंगुको संक्रमण भएको छ ।
त्यसैगरी, डडेल्धुरामा ५२, बैतडीमा १८, कैलालीमा ३६, डोटीमा पाचँ, कञ्चनपुर आड, दार्चुला दुई र बझाङमा पाचँ जनामा स्क्रब टाइफस देखिएको छ ।
डेंगुबाट डोटीका एक जनाको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको भने धनगढीमा स्क्रबटाईफसबाट एक जनाको मृत्यु भएको छ ।