शुरेस धामी
भाद्र ३१ बझाङ
बझाङको बुङ्गल नगरपालिका वडा ९ कमेडीखाना घर भएका अन्दाजी ६० वर्षिया रगुविर ओखेडा चार दिन देखि बेपत्ता भएका छन् । मानसिक सन्तुलन गुमाएका रगुविर गत भाद्र २८ गते शनिबार साँझ घरबाट निस्कीएका थिए ।
चार दिनदेखी लगातार स्थानियको सहयोगमा खोजी गर्दा पनि कुनै अत्तोपत्तो नलागेको उनका जेठा छोरा शेर ओखेडाले बताए । केही वर्ष यता मानसिक सन्तुलन गुमाएका रगुविर लाई विभिन्न अस्पतालमा लगेर उपचार गर्दा पनि सन्चो नभएपछि परिवारले घरमा ल्याएर राखेका थिए ।
आराम गरिराखेको अवस्थामा उनी घरबाट निस्किएका थिए । चार दिनदेखी बेपत्ता रगुविरको खोजिका लागि पारिवारिक स्रोतले अहिले सम्म प्रहरीलाई खबर गरेको छैन् । भने स्थानीयहरुले खोजी कार्य जारी राखेका छन ।
बेपत्ता रगुविरले शरीरमा खैरो सट र खैरो पाईन्ट लगाएका थिए । कसैले भेटाएमा नजिको प्रहरी कार्यालयमा खबर गरीदिन परिवारले आग्रह गरेका छन् । बेपत्ता रगुविरका एक श्रीमती, दुई छोरा र तिन छोरी छन् ।