कैलाली ३० भाद्र
दार्चुला जिल्लाको नेपाल भारत सिमा नजिक केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । सोमबार राती ८ बजेर १८ मिनेटमा ४.४ रस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सुदूर पहाडका दार्चुला, बैतडी र बझाङ्गका केही भुभागहरुमा भुकम्पको धक्का महसुश गरिएको छ ।
यसै बर्षको सुरुवातदेखि बझाङ जिल्ला लाई केन्द्रबिन्दु बनाएर तिन पटक भुकम्पका गएको भुकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । भुकम्पबाट कुनै क्षति विवरण भने आएको छैन ।