पाण्डव पुजारा भाद्र २, टिकापुर ।। कैलाली उद्योग वाणिज्य संघले टिकापुर र भजनीका बाढी पिडीतहरुलाई ८ लाख ६८ हजार रुपियाँ बराबरको राहत सामाग्री वितरण गरेको छ । शुक्रवार एक कार्यक्रमका विच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले नेपाल रेडक्रस सोसाईटी कैलालीका सभापती उत्तम जोशी र भजनी त्रिशक्ती नगरपालिकाका उपमेयर छाया देवकोटा मार्फत बाढी पिडीतहरुलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले बाढी पिडीतहरुलाई सहयोग गर्नु कैलाली उद्योग वाणीज्य संघको व्यवसायिक उत्तरदायित्व भएको बताए । भजनी त्रिशक्ती नगरपालिकाका उपमेयर छाया देवकाटाले कैलाली उद्योग वाण्ज्यि संघले भान्सामा चाहिने सम्पुर्ण सामाग्री उपलव्ध गराएको भन्दै अन्य सहयोग भन्दा यो सहयोग नितान्त महत्वपुर्ण भएको बताईन् । टिकापुर र भजनी नगरपालिकाका बाढी पिडीतहरुलाई ९ बोरा चिउरा, ११ बोरा भुजा, २५ पेटी बिस्कुट, १ सय ५० पेटी पानी, ५५ कुण्टल चामल, २५ पेटी खाने तेल, १२ कुण्टल पिठो, २ कुटल चिनी, १० कुण्टल नुन, १० कुण्टल चामल, ३ सय पेटी चाउचाउ र ३३ बोरा आलु प्याज, खुर्सानीका वितरण गरेको छ । राहत वितरण कार्यक्रमको संचालन कैलाली उद्योग वाणिज्य संघका महासचिव रुपेश स्वारले गरेका थिए ।