कैलाली २३ भाद्र ।२०६८ सालमा २३ जनाको दरबन्दी सहीत स्विकृत पाएको ईलाका प्रहरी कार्यालय फूलवारी सञ्चालनमा आउन सकेको थिएन् । जग्गा र कार्यालय भवन अभावको कारण स्थापना हुन नसकेको ईलाका प्रहरी कार्यालय अब भने आर्को ब्यबस्था नभए सम्म भाँडाको घरमा सञ्चालनमा आउने भएको छ ।
धनगढी उप–महानगरपालीका १४ फूलवारीमा रहेको ईलाका प्रहरी कार्यालयले आवश्यक कार्यालयको लागि भाँडामा घर दिएर सञ्चालनमा आउने भएको हो ।
ईलाका प्रहरी कार्यालयले आफ्नै जग्गा भए पनि प्राप्त नगरेको र सो प्रक्रिया समेत अगडी पढाईने बताईएको छ । अब भने चाडै ईलाका प्रहरी कार्यालय सञ्चालनमा ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्ष बस्नेतले जानकारी दिए । उनले सुरुमा आफ्नै भवन स्थापना नभईसकेकोले प्रहरी सहायक निरक्षकको नेतृत्वमा ९ जना जवानको टोली खठाउने तयारी भईरहेको फुलवारी खबरलाई बताए ।
उपमहानगरपालीका १४ का वडा अध्यक्ष रामबजारी थारुले ईलाका प्रहरी कार्यालयका लागि उपयुक्त स्थान र घरको छनोट गर्ने कार्य भईसकेको र चाडै कार्यालय स्थापनाको लागी मेयरसंग छलफल गरि थप पक्रिया अगाडी बढाउने बताए ।
यता धनगढी उपमहानगरपालीका मेयर नृप वडले ईलाका प्रहरी कार्यालयको भवन स्थापनाको लागी आफु लागीपरेको बताए । उनले ईलाका प्रहरी कार्यालय फूलवारीलाई थप व्यवस्थीत गरेर लैजाने बताए ।