धनगढी, भदौ १३ । संघीय सरकारले बझाङ सरुवा गरेका गम्भीरसिंह विष्टलाई यातायात कार्यालयमै केही दिन बस्ने रहरले अन्नतः जेल पु¥याएको छ । बझाङको स्थानीय तहमा सरुवा भएका विष्ट सेती अञ्चल यातायात कार्यालयमा केही दिनदेखि काजमा थिए । एकपटकको काज अवधि सकिएर उनी म्याद थप गरी पुनः धनगढीमै बसेका थिए । भ्रष्टाचार बढी हुने भनेर चिनिएको यातायातमा सेवा लम्ब्याएर केही लाख कमाउने उनको सपना अब चकनाचूर भएको छ
सेती अञ्चल यातायात कार्यालय कैलालीका निमित्त प्रमुख गम्भीरसिंह विष्टसहित तीन जनालाई अख्तियारको टोलीले पक्राउ गरेपछि कार्यालयको काम समेत प्रभावित भएको छ । निमित्त कार्यालय प्रमुख विष्ट, शाखा अधिकृत (सातौँ तह) भुवन जोशी र अधिकृत (छैटौँ तह) जयराज कारिगरलाई १ लाख ६६ हजार एक सय रुपैयाँ सहित रंगेहात नियन्त्रणमा लिएपछि कार्यालयको काममा समस्या भएको हो ।
कामका लागी यातायत कार्यालय पुगेका सेवाग्राही काम नभएको भन्दै आक्रोसित भएका छन् । गाडी चालक लाल बहादुर महराले कार्यालयमा आएपनि अधुरै काम भएको बताए । उनले कार्यालय प्रमुख नभएकै कारण आफ्नो काम नभएको बताए । कार्यालयको काम प्रार्द्सिनहुदाँ समस्या भएको उनको भनाई छ ।
धनगढी उपमहानगरपाकिा वडा नम्बर ४ का राम दहितले कार्यालयमा कर्मचारी नहुदाँ रि–ट्रयालको फर्म भर्न नसेको बताए । उनले २ बजे सम्म फर्मको समय भएपनि एक बजे पछि कर्मचारी नभेटेको जानकारी दिए ।
यातायत ब्यवस्था कार्यालय धनगढीका अधिकृत नन्दलाल पाण्डेले निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, शाखा अधिकृत (सातौँ तहका भुवन जोशी र अधिकृत छैटौँ तहका जयराज कारिगर प्रक्राउ परेपछि दर्ता प्रमाणिकरण र रुटप्रमिटमा सवै भन्दा बढी समस्या भएको बताए ।
उनले कार्यालयमा पहिले पनि कर्मचारी अभाब भएको र हिजो मात्रै गाडी बिक्री गरेवाफत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले ३ जना लाई प्रक्राउ गरेपछि झनै समस्या भएको बताए । छठौ तहका साखा अधिकृत नन्दलाल पाण्डेले अहिले नविकरण र नाम सारी बाहेक सवै काम रोकिएको बताए ।
गाडी बिक्री गरेवाफत नामसारी गरेवाफर्त १ लाख ६६ हजार एक सय रुपैयाँसहित रंगेहात नियन्त्रणमा लिएको आयोगको शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकृत टोप बहादुर विष्टले जानकारी दिए । प्रक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाईएको आयोगले जनाएको छ ।
यातायात कार्यालय प्रदेश सरकार मातहत आएपछि विष्ट त्यहाको निमित्त प्रमुख भएर गएका थिए । त्यसअघि उनी मुख्यमन्त्री कार्यालयमा कार्यरत थिए ।